‘यमनमा साउदी नेतृत्व गठबन्धनको आक्रमण, सात जना घाइते’
khabarhub.com · Mon Nov 02 08:06:55 UTC 2026

एजेन्सी – यमनको होदेइदाह प्रान्तस्थित रस इसा बन्दरगाह र तेल प्रशोधन केन्द्रमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा सात जना घाइते भएको हुथी समूहले जनाएको छ ।
हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलसबाहीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार रस इसा बन्दरगाहमा भएको आक्रमणमा चार जना सर्वसाधारण घाइते भएका छन् । त्यस्तै, बाजिल जिल्लास्थित तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा थप तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)