मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यसपालि दसैँमा किन सुस्ताए नेपाली फिल्म ?

ratopati.com · Mon Nov 02 08:20:03 UTC 2026

काठमाडौं । नेपाली फिल्म उद्योगका लागि दसैँको समय सधैँ गोल्डेन पिरियड मानिन्छ । लामो बिदा र उत्सवको माहोलमा दर्शकहरू हलसम्म ओइरिने र फिल्मले राम्रो व्यापार गर्ने परम्परा यसपटक भने केही फिक्का देखियो । किनभने दसैँको अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतिक्षित तीन ठुला फिल्म ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’को बक्सअफिस तथ्यांकले फिल्मको व्यापारमा आएको सुस्ततालाई उजागर गरेको छ ।

केही वर्ष अगाडिसम्म दसैँमा प्रदर्शन हुने फिल्महरूले करोडौँको व्यापार गर्दै कीर्तिमान बनाउने गरेपनि यस वर्षको नतिजा भने निर्माता र वितरकका लागि सोचेजस्तो हुन सकेन । सुपरहिट फिल्मका सिक्वेलका रूपमा आएका यी तीन फिल्मले बजार तताउने अपेक्षा गरिए पनि बक्सअफिसमा तिनको प्रदर्शन औसत भन्दा उठ्न सकेन । दसैँको बिदालाई लक्षित गर्दै प्रदर्शनमा आएका यी तीनै फिल्म पहिले नै दर्शकमाझ हिट फिल्मका सिक्वेल हुन् । सिक्वेल भएकै कारणले मात्रै दर्शकको ओइरो लाग्ने दिन सकिएको संकेत बक्सअफिस रिपोर्टले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)