मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धान नफलेपछि माडीका किसान चिन्तित

nagariknews.nagariknetwork.com · Mon Nov 02 08:12:05 UTC 2026

माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए। यस वर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा धानको बाला नै राम्रोसँग लागेन। खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उनले बीउ किनेर खेतमा रोपेका थिए।

रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उनले रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गरे तर धान काट्ने बेला हुँदा खेतमा धानका बोट र खोक्रा बाला मात्रै देखिए। वर्षभरि खान पुग्ने धान उत्पादन हुने अपेक्षामा खेती गरेका उनी अहिले उत्पादन नहुँदा चिन्तित छन्। “अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो। धान काट्दा टटला मात्र भए, दाना केही भएन”, भण्डारीले भने।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)