किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
kendrabindu.com · Thu Jul 16 10:07:16 GMT 2026
काठमाडौं । लिटिल एन्जल्स स्कुलले पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ । आइतबार भएको रोमाञ्चक फाइनल खेलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिटिल एन्जल्सले उपाधि उचालेकाे हाे ।
आईविबी नेपालको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई समेटेर आयोजना गरिएको अन्तरविद्यालय फुटबल प्रतियोगिता हो । फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल र क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए । यस अवधारणाले बाल खेलाडीहरूलाई प्रतिस्पर्धा, टिमवर्क, खेल भावना र उत्साहले भरिएको सानो विश्वकपको अनुभव प्रदान गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)