मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

nepallive.com · Mon Nov 02 08:15:53 UTC 2026

काठमाडौं - भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) को आह्वानमा भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ ।

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए । प्रदर्शनकारीले मस्यौदा मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)