अमेरिकी किसानलाई १५ अर्ब डलर राहत
reportersnepal.com · Mon Nov 02 08:35:05 UTC 2026

सियक्स फल्स (दक्षिण डकोटा), १६ कात्तिक । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।
अमेरिकी कृषि मन्त्रालयले आठ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एकपटकका लागि भुक्तानी गर्ने जनाएको छ । पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)