चाडपर्वमा पनि उखु किसानले पाएनन् भुक्तानी, ऋण र ब्याजकै चिन्ता
gorkhapatraonline.com · Mon Nov 02 07:02:21 UTC 2026

तिहार तथा छठ पर्व नजिकिदैँ गर्दा पश्चिम नवलपरासीका उखु किसानका आँखा भने हर्षले होइन, चिन्ता र आँसुले रसाइरहेका छन् । दिनरात खेतमा पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाएपछि यहाँका किसान परिवार यो वर्षको चाडबाडमा रित्तो हात बस्न बाध्य भएका छन् ।
चाडपर्वका बेला नयाँ लुगा, घरखर्च, बालबच्चाको पढाइ र औषधोपचार खर्च जुटाउनभन्दा साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने पिरलोले किसानलाई गाँजेको पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)