धान नफलेपछि माडीका किसान चिन्तित
barnanmedia.com · Mon Nov 02 08:21:35 UTC 2026

माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आउनुभएको थियो । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उहाँको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उहाँले बीउ किनेर खेतमा रोप्नुभएको थियो ।
रोपाइँपछि धानमा क्रमशः रोग देखिन थालेपछि उहाँले रोग नियन्त्रणका लागि पटकपटक विषादी प्रयोग गर्नुभयो । तर, धान काट्ने बेला हुँदा खेतमा धानका बोट र खोक्रा बाला मात्रै देखिए । वर्षभरि खान पुग्ने धान उत्पादन हुने अपेक्षामा खेती गर्नुभएका उहाँ अहिले उत्पादन नहुँदा चिन्तित हुनुहुन्छ । “अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो । धान काट्दा टटला मात्रै भए, दाना केही भएन”, भण्डारीले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)