न्यायालय सुधार र राष्ट्रिय मुद्दामा छलफल गर्न संसद् बोलाउन विपक्षी दलको माग
gorkhapatraonline.com · Mon Nov 02 08:39:36 UTC 2026

काठमाडौँ, कात्तिक १७ गते । नेपाली कांग्रेससहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली, प्रेस स्वतन्त्रता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले राज्यका महत्त्वपूर्ण निकायसँग जोडिएका गम्भीर विषयको निरूपण संसद्बाटै गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)