मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी र मधेश प्रदेशका जिल्लाबाट जारी नागरिकताको प्रतिलिपी भक्तपुरबाट लिन पाइने

annapurnapost.com · Mon Nov 02 08:32:58 UTC 2026

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले बाहिरी जिल्लाको पहिलो नागरिकता प्रतिलिपी जारी गरेको छ। नागरिकताको प्रतिलिपी लिन आएका ओखलढुंगाका सेवाग्राही कपिल भट्टराईलाई सोमबार प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले प्रतिलिपी हस्तान्तरण गरेका छन्।

नेपाल नागरिकता (पाचौं संशोधन) नियमावली २०८३ को नियम १६(घ) बमोजिम अन्य जिल्लाबाट समेत नागरिकता प्रतिलिपी लिने ब्यवस्था भएको र गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको परिपत्र अनुसार प्रतिलिपी जारी गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। बाहिरी जिल्ला अन्तर्गत कोशी र मधेश प्रदेशबाट जारी भएका नागरिकताको प्रतिलिपी लिन आएमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट दिने ब्यवस्था गरिएको उनले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)