विपद् जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय समन्वय र अत्याधुनिक प्रविधि आवश्यक: सभापति पौडेल
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय समन्वय, अत्याधुनिक पूर्वसूचना प्रणाली र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
समितिको सोमबार बसेको बैठकमा बोल्दै सभापति पौडेलले भारतलगायत विपद् व्यवस्थापनमा सहयोग गर्न सक्ने मित्रराष्ट्रहरूसँग समन्वय गरी पूर्वसूचना प्रणालीलाई थप व्यावहारिक र आधुनिक बनाउनुपर्नेमा जोड दिए। सरकारले अन्य क्षेत्रमा भन्दा नागरिकको ज्यान जोगाउने पूर्वतयारी र विपद् व्यवस्थापनमा बजेट तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)