मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

औषधि बिक्री उच्च हुँदा म्याग्नस फर्माले एक वर्षमै गर्‍यो साढे १ अर्बको व्यापार

clickmandu.com · Mon Nov 02 09:12:51 UTC 2026

काठमाडौं । म्याग्नस फर्माले औषधि उत्पादन तथा बिक्री गरेर एक वर्षमै साढे १ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा २३ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आवमा एन्टीडायबेटिक एजेन्ट, जीआईटी रेगुलेटर, एन्टीअल्सरेटिभ, नेजल स्प्रे, एनाल्जेसिक्स र एन्टिपाइरेटिक्स आदिको बिक्री उच्च हुँदा व्यापार वृद्धि भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)