बागमतीमा सभामुख चयनमा सत्तारुढ दलभित्रै जुटेन सहमति
ratopati.com · Mon Nov 02 09:15:00 UTC 2026

मकवानपुर । बागमती प्रदेश सभाको सभामुख चयन प्रक्रिया सत्तारुढ गठबन्धनभित्रै शक्ति संघर्ष र किचलो सुरु भएको छ । पद बाँडफाँट र आकाङ्क्षी व्यवस्थापन गर्न नसक्दा प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन सभामुख भुवन कुमार पाठकले असोज १ मा राजीनामा दिएपछि बागमती प्रदेश सभाको सभामुख पद रिक्त छ । अघिल्लो सरकारले सभामुख चयनका लागि प्रक्रिया अघि बढाउने प्रयास गरे पनि दलहरूबिच सहमति नहुँदा रोकिएको थियो । गत भदौमा नयाँ सरकार बनेर सभामुख पदको भागबण्डा समेत भए पनि हालसम्म निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)