‘हावामा भोट’ हालेको जनताले महसुस गरिसकेका छन् : प्रचण्ड
baahrakhari.com · Mon Nov 02 09:12:53 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले ‘हावामा भोट’ हालेको महसुस गर्न थालेको बताएका छन् । राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि महोत्तरीको बर्दिबास पुगेका प्रचण्डले सरकार गठन र त्यसको कामकारबाहीप्रति जनतामा असन्तुष्टि बढेको दाबी गरेका हुन् ।
पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार गठन र कामकारबाहीबारे बौद्धिक समुदाय स्पष्ट भइसकेको बताए । “सरकार गठन र सरकारको कामकारबाहीलाई लिएर सबै बौद्धिक समुदाय स्पष्ट भइसकेका छन् । सबै पार्टीसँग सम्बन्धित बौद्धिक समुदायले हुरीबतास र हावामा भोट हालिएछ भनेर बुझिसकेका छन् । तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)