मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प प्रशासनले गर्‍याे १५ अर्ब डलर राहत घाेषणा

ratopati.com · Mon Nov 02 09:21:09 UTC 2026

काठमाडाैँ । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ।

अमेरिकी कृषि मन्त्रालयले ८ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एकपटकका लागि भुक्तानी गर्ने जनाएको छ। पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)