मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान नफलेपछि माडीका किसान चिन्तित

canadanepal.com · Mon Nov 02 09:22:46 UTC 2026

नारायणगढ - चितवनको माडीमा नयाँ जातको धान लगाएका किसानले यस वर्ष अपेक्षित उत्पादन लिन नसकेपछि चिन्तित बनेका छन् । रोपाइँदेखि नै विभिन्न रोग देखिएको धान पाक्ने बेलासम्म पनि बाला नलाग्ने र बाला लागेका बोटमा समेत दाना नभरिएपछि किसान समस्यामा परेका हुन् ।

गत वर्षसम्म राम्रो उत्पादन हुँदै आएको खेतमा यस वर्ष धानको सट्टा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि किसानलाई वर्षभरि खाने अन्न जुटाउनसमेत समस्या हुने चिन्ता थपिएको छ । धानखेतीमा भएको क्षतिको समाधान खोज्दै किसान दिनहुँजसो माडी नगरपालिकाको कृषि शाखा धाउने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)