मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावित बेथानचोकका सात परिवारलाई रेडक्रसद्वारा राहत वितरण

khabarhub.com · Mon Nov 02 09:31:03 UTC 2026

काभ्रे – गत कात्तिक १३ र १४ गतेको बाढीबाट प्रभावित बेथानचोक गाउँपालिका–४, खहरेका सात परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले राहत उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका मन्त्री राजु सिग्देलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)