मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तत्काल संसद्को बैठक बोलाउन आग्रह गर्ने विपक्षी दलहरूको निर्णय

annapurnapost.com · Mon Nov 02 09:24:55 UTC 2026

काठमाडौं : विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित नेपाली कांग्रे संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग सम्बन्धित कुरा, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारहरूमाथि भएको धरपकड लगायतका विषयमा छलफल भएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए। उनका अनुसार, पछिल्लो समय सार्वजनिक सम्पूर्ण विषयको समाधान संसद्बाटै खोज्न सकिने निष्कर्ष बैठकले निकालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)