भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन
kendrabindu.com · Mon Nov 02 09:45:52 UTC 2026

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा सोमबार माइतीघरमा प्रदर्शन गरिएको हो । भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया रोकिएको भन्दै पूर्वसैनिकहरूले भर्ती पुनः सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)