मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका गतिविधिले राज्य सञ्चालन भाँडाकुटी जस्तो बन्यो: महासचिव पोखरेल

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिले राज्य सञ्चालनलाई बालबालिकाले खेल्ने ‘भाँडाकुटी’ जस्तै बनाएको टिप्पणी गरेका छन्।

सोमबार प्रेस चौतारी नेपालले रूपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जिम्मेवार ओहदामा रहेका व्यक्तिहरू थप संयमित र गम्भीर हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको विषय बनाइएको आरोप लगाए। सरकारका यस्ता असम्बेदनशील कदमहरूले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानको भविष्यमाथि नै सङ्कट पैदा गरेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)