दुई सन्तानको संरक्षण र न्यायका लागि रिपोर्टर्स क्लबबाट गुहार माग्दै कलाकार हरिसा बानियाँ(भुनिया)
reportersnepal.com · Mon Nov 02 10:04:55 UTC 2026

काठमाडौँ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’की कलाकार हरिसा बानियाँ (भुनिया) ले विगत दुई वर्षदेखि सम्पर्कविहीन भएका आफ्ना श्रीमानलाई सम्पर्कमा आउन सार्वजनिक अपिल गरेकी छन्। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै कलाकार बानियाँले श्रीमान्लाई सम्पर्कमा आउन आग्रह गरेकी हुन्।
विवाह भएको सात वर्ष पुगिसक्दा दुई सन्तानको लालनपालन एक्लै गरिरहेको बताउँदै उनले श्रीमान् लजन पोखरेल दोस्रो विवाह गरी सम्पर्कविहीन बनेको उल्लेख गरिन्। ‘मेरो विवाह भएको सात वर्ष भयो, दुवै सन्तान अहिले मसँगै छन्’, उनले भनिन्, ‘मेरो श्रीमान् लजन पोखरेले दोस्रो बिहे गरेर सम्पर्कविहीन हुनुभएको छ, तुरुन्त सम्पर्कमा आउनुपर्यो र छोराछोरीको हेरचाहमा सहयोग गर्नुप¥यो।’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)