सरकारका कामको समीक्षा गर्न विपक्षीहरुको बैठकः महाभियोगबारे सत्तापक्षको निर्णय कुर्ने
corporatenepal.com · Mon Nov 02 09:57:10 UTC 2026

काठमाडौं । सरकारका कामकारवाहीको समीक्षा गर्न सोमबार संसदका विपक्षी दलहरुको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकले सरकारले हरेक विषय अध्यादेशमार्फत अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै अध्यादेश नल्याउन सचेत गराउने निचोड निकालेको छ ।
नेपाली काँग्रेस गगन थापा समूहको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सो दलका नेता भीष्मराज आङ्दाम्बेले सरकार एकलौटी ढङ्गले चल्न खोजेको भन्दै बिचौलियासँग जोडिएका, न्यायालयमाथि उठेका, प्रेससँग सम्बन्धित संवेदनशील, प्रहरी प्रशासन तथा प्रधानमन्त्री र उनको सचिवालयसँग जोडिएका विषयमा बैठकमा गम्भीर छलफल भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)