मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँको चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ratopati.com · Mon Nov 02 10:11:31 UTC 2026

काठमाडौँ । काठमाडौँको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका-७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)