मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका गतिविधिले संविधान कमजोर पार्ने काम गरेको छ : एमाले महासचिव पोखरेल

annapurnapost.com · Mon Nov 02 09:53:56 UTC 2026

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले संविधानलाई कमजोर पार्ने काम गरेको बताएका छन्।

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पारिरहेको बताएका हुन्। उनले उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा, हाल कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको सामाजिक सञ्जालको गतिविधिले राज्यको जिम्मेवारीलाई केटाकेटीले खेल्ने भाँडाकुटी जस्तै बनाएको तर्क गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)