मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँ बिदापछि जिल्ला प्रशासनमा सेवाग्राहीको चाप

gorkhapatraonline.com · Mon Nov 02 10:14:52 UTC 2026

दसैँको बिदा सकिए लगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । अन्य समयको तुलनामा दसैँ मनाउनका लागि घर आएका नागरिकहरुले समयको सदुपयोग गर्दै नागरिकता, प्रतिलिपी, राष्ट्रिय परिचयपत्र, राहदानी र अन्य प्रमाणितलगायतका कामहरुका लागि प्रशासनमा चाप बढेको हो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाका अनुसार सेवाग्राहीको चाप बढेका कारण पहिले जिल्ला प्रशासनमा काम गरेका हाल निर्वाचन कार्यालय र जिल्ला कारागार कार्यालयबाट अनुभवी कर्मचारीलाई काजमा खटाई बिहानदेखि साँझसम्म सेवा प्रवाह गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)