मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानको सर्वोच्चता र कानूनको शासनप्रति गम्भीर हुन सर्वोच्चको आग्रह

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ। सर्वोच्च अदालतले संविधानको सर्वोच्चता र कानूनको शासनप्रति गम्भीर हुन सम्पूर्ण सरोकारवालासँग आग्रह गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितका न्यायाधीशहरू सम्मिलित ‘फूलकोर्ट’ (पूर्ण) बैठकले संविधान र कानूनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पारेको छ।

अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा केही दिनअघि प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशहरूको नाम जोडेर सार्वजनिक भएका समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाइएको छ। बैठकले ती समाचारका सम्बन्धमा बिना पूर्वाग्रह निष्पक्ष र स्वतन्त्र रूपमा कानूनी छानबिन गरी सत्यतथ्य निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)