बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन
kendrabindu.com · Mon Nov 02 10:17:13 UTC 2026

ढाका । न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पुर्याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले थालेको आन्दोलन तेस्रो दिनमा प्रवेश गरेको छ । सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् ।
ढाकानजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि कामदारको आन्दोलन रोकिएको छैन । कारखाना सञ्चालकले बजारको माग घटेको र कच्चा पदार्थ आयात महँगिएको भन्दै माग पूरा गर्न कठिन रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)