विराटनगरमा राति १० बजे नै होटल-रेष्टुराँ बन्द गर्न प्रशासनको उर्दी, मुख्यमन्त्री कार्कीले जनाए कडा आपत्ति
nepalpress.com · Mon Nov 02 10:21:46 UTC 2026

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने होटल, रेष्टुराँ, डान्सबार तथा मनोरञ्जनात्मक व्यवसायहरू राति १० बजेभित्रै बन्द गर्नुपर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध सुरू भएको छ । प्रशासनको यस कदमप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सार्वजनिक रूपमै कडा असहमति र आपत्ति जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रका रात्रिकालीन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन भन्दै एक महिनाभित्र ‘एकीकृत मापदण्ड’ बनाउने निर्णय गरेको छ । तर, उक्त मापदण्ड पूर्ण रूपमा लागू नभएसम्मका लागि भन्दै प्रशासनले तत्काल पालना गर्नुपर्ने गरी कडा सर्तहरू तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)