मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्विट्जरल्याण्ड काउन्सिलका अध्यक्षले गरे राष्ट्रिय सभा अध्यक्ष दाहालसँग शिष्टाचार भेटवार्ता

annapurnapost.com · Mon Nov 02 10:17:02 UTC 2026

काठमाडौं : नेपाल भ्रमणमा रहेका स्विट्जरल्याण्ड नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको थियो। भेटवार्ताका क्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले स्विट्जरल्याण्डले नेपाललाई विकास साझेदारका रूपमा विभिन्न विपद् तथा विकास निर्माणका कार्यहरूमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि यो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिएको जानकारी अध्यक्ष दाहालले दिए। नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ चलिरहेको सन्दर्भमा दुवै पक्षले एक-अर्कालाई शुभकामना आदानप्रदान गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)