बागमती सिँचाईका ज्यालादारी कर्मचारी धर्नामा
gorkhapatraonline.com · Mon Nov 02 10:38:23 UTC 2026

सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले सोमबारदेखि कार्यालयमा धर्ना सुरु गरेका छन् ।
२५ औँ वर्षदेखि दिनरात र घामपानी नभनी कार्यरत आफूहरुलाई ५८ वर्षीय उमेर हद लगाएर कामबाट निकाल्न खोजिएको भन्दै सर्लाहीको कर्मैयास्थित बागमती सिँचाई आयोजनाको गेटमा ज्यालादारी कर्मचारीले धर्ना सुरु गरेका हुन् । उनीहरुले उमेर हद खारेज गर्न, कात्तिक ११ गते प्रकाशित शर्तहरु सुधार गर्न, आयोजनाले २०७५ वैशाख ३१ गते बनाएको समितिको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न, चाडपर्व खर्च, पोसाक र महँगी भत्ताको व्यवस्था गर्न तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)