मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करण केसी र राशिद खान चम्किँदा काठमाडौंले कर्णालीलाई हरायो

kendrabindu.com · Mon Nov 02 10:37:48 UTC 2026

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजले कर्णाली याक्समाथि सानदार जित दर्ता गरेको छ । टियु मैदानमा आज भएको खेलमा कर्णालीलाई ४ विकेटले स्तब्ध पार्दै काठमाडौंले यस सिजनकै पहिलो जित दर्ता गरेको हो ।

कर्णालीले दिएको १८१ रनको चुनौतीपूर्ण विजयी लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्यायो । काठमाडौंका लागि राशिद खानले ३३ बलमा ३ चौका र २ छक्काको मद्दतले ५० रनको महत्त्वपूर्ण योगदान दिए। साथै कप्तान करण केसीले मात्र २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)