परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली
ratopati.com · Mon Nov 02 10:48:12 UTC 2026

काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक गोष्ठीमा उनले नेपालको परराष्ट्र नीति स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।
चीनको कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी गोष्ठीमा ज्ञवालीले चीनले यस्तो पृष्ठभूमि तयार गरिसकेको बताए, जसलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उनको भनाइ थियो । नेपालले चीनबाट धेरै कुरा सिक्नुपर्ने पनि उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)