आठौँ कालीगण्डकी गोल्डकपमा होराइजन सेमिफाइनमा प्रवेश
gorkhapatraonline.com · Mon Nov 02 10:50:25 UTC 2026
आठौँ कालीगण्डकी गोल्डकप फुटबलमा होराइजन क्लब वालिङ सेमिफाइनलमा प्रवेश गरेको छ । चापाकोट नगरपालिका–९ को गंगालाल माविको खेल मैदानमा जारी प्रतियोगितामा सोमबार भएको खेलमा होराइजनले आयोजक चापाकोट फुटबल क्लब (राइजिङ ग्रुप) लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो ।
द राइजिङ ग्रुप चापाकोटले आयोजना गरेको प्रतियोगितामा होराइजनको जितमा विश्वास श्रेष्ठले २७ र ३३ मिनेटरमा गोल गर्नु भएको थियो । सेमिफाइनमा होराइजनले बौद्ध शान्ति फुटबल क्लब पोखरासँग भिड्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)