त्रिपाठीको टिप्पणी : ‘बालेन सरकार स्वेच्छाचारी बन्यो, देश अँध्यारो सुरुङतिर धकेलियो’
reportersnepal.com · Mon Nov 02 11:00:55 UTC 2026

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायपालिका संकटग्रस्त अवस्थामा पुगेको र देश अँध्यारो सुरुङतर्फ धकेलिएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले बालेन शाह नेतृत्वको सरकार स्वेच्छाचारिताको दलदलमा फस्दै गएको आरोपसमेत लगाए ।
वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै त्रिपाठीले भने, ‘हामी अँध्यारो सुरुङको यात्रातिर पस्दै गएको आभास भएको छ । बालेन सरकार स्वेच्छाचारिताको दलदलमा फस्दै गएको छ र न्यायपालिका संकटग्रस्त भएको छ । यस्तै रवैया बढ्दै गए न्यायपालिका र संविधान नै ध्वस्त हुने हो कि भन्ने आशंका उब्जिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)