मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न अध्ययन जारी

kendrabindu.com · Mon Nov 02 11:00:17 UTC 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा प्राधिकरणका भूगर्भविद् डा. प्रकाश पोख्रेलले भोटेकोशी बाढीले पूर्णरुपमा क्षति पुगेका स्याप्रुवेसी, बेत्रावतीदेखि त्रिशुलीसम्मका प्रभावितहरुलाई सोहि क्षेत्र आसपासमा स्थायी आवास निर्माणका लागि भौगोलिक अध्ययन गरिरहेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)