नेपाल-स्विट्जरल्यान्ड संसदीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
aarthiknews.com

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको संसदीय सम्बन्ध, विकास सहकार्य र आपसी सहयोग विस्तारका विषयमा छलफल भएको छ ।
भेटका क्रममा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको अभ्यास र संस्थागत विकासको प्रशंसा गर्दै नेपाल पनि लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई सबल बनाउने प्रयासमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)