परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने
khabarhub.com · Mon Nov 02 11:07:13 UTC 2026

काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा नियमित रूपमा लिन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्पष्ट पारेको छ ।
विभागले आज सूचना जारी गर्दै राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएको कारण देखाएर सार्वजनिक सेवा प्रवाह नरोक्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । विवरण प्रमाणीकरणमा समस्या देखिए पनि सेवाग्राहीलाई नियमित रूपमा सेवा उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)