मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय परिचयपत्र विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने

annapurnapost.com · Mon Nov 02 11:10:49 UTC 2026

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा समेत सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ। आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो। विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ। तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)