मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा प्रहरीले जलायो लङ्गुरबुर्जा सामग्री, प्रदूषण बढाएको भन्दै विरोध

nepalpress.com · Mon Nov 02 11:13:47 UTC 2026

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दसैँयता विभिन्न स्थानबाट नियन्त्रणमा लिएका प्लास्टिकजन्य लङ्गुरबुर्जा खेलका सामग्री आफ्नै परिसरभित्र जलाएर नष्ट गरेको छ। तर, जिल्लाकै ठूलो सरकारी अस्पताल (भरतपुर अस्पताल) नजिकै खाल्डो खनेर ठूलो मात्रामा प्लास्टिकजन्य वस्तु जलाइएपछि वातावरण तथा स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै संरक्षणकर्मीहरूले कडा विरोध जनाएका छन्।

प्रहरीले दसैँयता लङ्गुरबुर्जा खेलाउन प्रयोग गरिएका २ हजार ३३३ वटा गोटी, ५३६ वटा प्लास्टिकका पाल र ४०८ वटा बाल्टिन नियन्त्रणमा लिएको थियो। ती बरामद सामग्री आइतबार दिउँसो सार्वजनिक गरिएलगत्तै प्रहरी कार्यालय हाताभित्रै खाल्डोमा हालेर आगो लगाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)