स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक छ : राष्ट्रपति पौडेल
ratopati.com · Mon Nov 02 11:17:03 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ, नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु’ भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)