मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी यु–१९ खेल्न ओमन जाने नेपाली टोलीको पोखरामा बिदाइ

ratopati.com · Mon Nov 02 11:21:22 UTC 2026

पोखरा । ओमनमा आयोजना हुने एसीसी यु–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई पोखरामा एक समारोहका बिच औपचारिक बिदाइ गरिएको छ । प्रतियोगिताको तयारी स्वरूप पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन गरिएको आठ दिने बन्द प्रशिक्षण सकिएसँगै टोलीलाई आज बिदाइ गरिएको हो ।

प्रतियोगिताका लागि बिपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी नीरजकुमार यादवले सम्हाल्नेछन् । टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्द रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)