चीनसँगका वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल हुँदै
annapurnapost.com · Mon Nov 02 11:20:29 UTC 2026

काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगका वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि सञ्चालन गर्न छलफल भइरहेको जानकारी दिएका छन्।
सिंहदरबारमा सोमबार बसेको भोटेकोशी तथा कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)