दार्मा र कुमाखका चार बस्ती राष्ट्रिय विद्युत् प्रसारणमा जोडिए
gorkhapatraonline.com · Mon Nov 02 12:08:38 UTC 2026

सल्यानको दार्मा गाउँपालिका–३ का तीन र कुमाख गाउँपालिका–६ को एक बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ । ट्रान्सफर्मर जडान गरी वितरण संरचना निर्माण र चार्ज गरिएपछि दुवै पालिकाका चार बस्ती राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएका हुन् ।
विद्युत सेवा विस्तारसँगै दार्मा गाउँपालिका–३ का धुलखर्क, मैनेरी र झुलेली तथा कुमाख गाउँपालिका–६ को तिहारिचौरका स्थानीयवासीले राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)