मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वलक्षित मातहतका निकायलाइ सुरक्षा व्यवस्था कडा गर्न निर्देशन

gorkhapatraonline.com · Mon Nov 02 12:17:17 UTC 2026

जिल्ला प्रहरी कार्यालय, जाजरकोटले सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ । चाडपर्व दीपावलीमा शान्ति सुरक्षा कायम गर्न तथा सुरक्षा व्यवस्थालाइ प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्धीसागर पुरीले भर्चुअल रुपमा सात वटा स्थानीय तहमा रहेको प्रहरी युनिटमा कार्यरत प्रमुखलाई आवश्यक निर्देशन दिनुभएको हो ।

तिहारलाइ व्यवस्थित मर्यादिन बनाउन भर्चुअल बैठकका क्रममा समसामयित सुरक्षा अवस्था, शान्ति सुरक्षा, अपराध नियन्त्रणका विषयमा गम्भीर छलफल भएको छ । अदालतका दोषी ठहर भएका फरार प्रतिवादीलाइ पक्राउ गर्ने, प्रहरी सेवा प्रवाहलाइ थप प्रभावकारी, नागरिकमैत्री बनाउने विषमा जोड दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)