मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करेन्ट लागेर एक जनाको मृत्यु, एक जना घाइते

rajdhanidaily.com · Mon Nov 02 12:19:47 UTC 2026

राजविराज । निजी बगैचामा लगाइएको रुखको हाँगा काट्ने क्रममा अचानक करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । अर्का एक जना कामदार घाइते भएका छन् ।

प्रहरी निरीक्षक बिजय कार्कीका अनुसार सोमबार बिहान १० बजेतिर रुखको हाँगा काट्ने क्रममा शम्भुनाथ नगरपालिका ६ निवासी ३५ वर्षिय दिपु सदाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर अर्का कामदार सोही पालिकाको वडा नं. ७ निवासी ३० वर्षिय उपेन सदा घाइते भएका छन् । उनको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)