नेपालमा लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु
kendrabindu.com · Mon Nov 02 12:23:45 UTC 2026

काठमाडौं । ग्राहकहरूको उत्साहजनक माग तथा प्रारम्भिक बुकिङपश्चात् नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ।
काठमाडौंमा सम्पन्न सफल सडक परीक्षण तथा गाडीको औपचारिक लन्चपछि यो उपलब्धि हासिल भएको हो। पहिलो समूहका ग्राहकहरूले आफ्ना गाडीहरूको डेलिभरी लिइसकेका छन्। योसँगै बी०३ एक्स नेपाली सडकमा गुड्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)