मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ जना दैनिक उपहार विजेता सार्वजनिक

gorkhapatraonline.com · Mon Nov 02 12:30:38 UTC 2026

अर्थ मन्त्रालयले सञ्चालन गरेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कात्तिक पहिलो पाक्षिक (कात्तिक १ देखि १५ गतेसम्म) को खरिद बीजकका आधारमा दैनिक उपहार विजेताहरूको घोषणा गरिएको छ।

वस्तु तथा सेवा खरिद गर्दा बीजक लिने संस्कृतिको विकास गर्ने तथा कर अनुपालन अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको सो कार्यक्रममार्फत १५ जना दैनिक उपहार विजेताको छनोट गरिएको हो। विजेताले करकट्टीसहित एक लाख रुपियाँ नगद प्राप्त गर्नुहुनेछ । उपहार विजेताको विवरण आन्तरिक राजस्व विभागको वेबसाइटमा उपलब्ध छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)