मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालसुधार गृहभित्र भेटियो गाँजा र मोबाइल फोन, सुरक्षा व्यवस्थामाथि प्रश्न

kendrabindu.com · Mon Nov 02 12:42:39 UTC 2026

विराटनगर । विराटनगरस्थित बालसुधार गृहभित्रै गाँजा र प्रतिबन्धित मोबाइल फोन फेला परेपछि त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रहरीको निगरानी हुँदाहुँदै पनि प्रतिबन्धित सामग्री भेटिएको हो ।

विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार प्रहरीले सञ्चालन गरेको खोजतलासका क्रममा गाँजाको सानो पोका, ६ थान मोबाइल फोन र सुर्तीजन्य पदार्थ फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बिहानदेखि सुधार गृहका विभिन्न स्थानमा खोजी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)