तिहार नजिकिँदा जावलाखेलमा फूलै-फूलको रौनक
kendrabindu.com · Mon Nov 02 12:50:07 UTC 2026

काठमाडौं । रङ्गीचङ्गी फूल, आकर्षक सजावट अनि फूलप्रेमीहरूको चहलपहल कतै नयाँ प्रजातिका गोदावरी फूलले आगन्तुकको ध्यान खिचिरहेका छन् त कतै घर तथा बगैँचा सजाउन मिल्ने मौसमी फूल र सजावटी बिरुवाको किनमेल भइरहेको छ । तिहार नजिकिएसँगै ललितपुरको जावलाखेल खेलमैदान यतिबेला फूलमय बनेको छ ।
तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यहाँ १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरिएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु भएको प्रदर्शनीमा फूल हेर्न, किन्न र नयाँ प्रजातिबारे जानकारी लिन सर्वसाधारणको आकर्षण बढ्दो छ । नर्सरी सञ्चालक तथा पुष्प व्यवसायीका लागि भने आफ्ना उत्पादन चिनाउने र व्यापार विस्तार गर्ने अवसर बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)