मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद : ३० दिने काउन्टडाउन सुरु

annapurnapost.com · Mon Nov 02 12:51:27 UTC 2026

वीरेन्द्रनगर : आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबार औपचारिक रूपमा काउन्टडाउन सुरु गरेको हो।

प्रतियोगिताको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तीव्रता दिएको सन्देश दिन काउन्टडाउन सुरु गरे पनि पूर्वाधार निर्माण, खेलस्थल व्यवस्थापन, खेल सामग्री खरिद र अन्य व्यवस्थापकीय काम समयमै सम्पन्न हुने चुनौती भने कायमै छ । प्रतियोगिता नजिकिदै गर्दा प्रदेश भित्रका बिभिन्न खेलका खेलाडीहरुको बन्दप्रशिक्षण समेत सुरुवात नगरेको भन्दै आलोचना पनि भईरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)